२० मंसिर, काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले आज मोरङ अदालतमा पेश गरेर पुनः म्याद थप गरेको छ ।

यसअघि ४ दिनको म्याद थप गरेको जिल्ला अदालत मोरङले यसपटक भने ७ दिनको लागि प्रहरीले मागेको म्याद थप्न अनुमति दिएको हो । उनलाई केहीदिन अघि मोरङको विराट नर्सिङ होमबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो ।

सिद्धबाबा कृष्णदास महराज भनिने गिरी गत बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना भएका थिए । महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।