३० फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बलात्कार मुद्दामा ८ वर्षको जेल सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई यस्तो सजाय सुनाएको हो । जेल सजायसँगै पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि भनेको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु नेता राईले गएको तिहारको भाईटिकाको अघिल्लो दिन आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी परेको थियो ।

उनले देउसीभैलो खेल्न आउनु भनी बोलाएर मोटरसाइकलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाई थियो । अदालतले राईविरुद्धको अभियोगमा दाबी पुग्ने ठहर गरेको श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।