५ फागुन, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पूर्पक्ष थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

५ महिनादेखि थुनामा रहेका महरालाई न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले निर्दोष सावित गर्दै सफाइ दिएको हो । महरा संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा असोज १९ गते पक्राउ गरेको थियो । उनलाई पूर्पक्षका लागि कात्तिक १८ गते थुनामा पठाइएको थियो ।

अहिले जिल्ला अदालत काठमाडाै‌ंबाट रहेका महरालाई डिल्लीबजार कारागार लगेर आजै रिहा गरिनेछ ।