एजेन्सी ।
बलिउडमा सुन्दरीहरुको कमी छैन । पूर्व मिस वर्ल्ड देखि पूर्व मिस युनिभर्स सम्म बलिउडमा मेला लगाइरहेका छन् । तर बलिउडका सबै सुन्दरी अग्ला भने छैनन् ।
यहाँ बलिउडका अग्ला सुन्दरीको चर्चा गरिएको छ । बलिउडका अग्ला ८ सुन्दरी को को ?
२ सुष्मिता सेन
सुष्मिता सेन पूर्व मिस युनिभर्स हुन् । थुप्रै फिल्ममा अभिनय गरेकी सुष्मिताको उचाइ बलिउडमा सबै भन्दा बढी छ । उनको लम्बाइ ५ फिट ९ इन्च छ । उनको जति उचाइ भएका सुन्दरी बलिउडमा अहिले सम्म आएका छैनन् ।
२ अनुष्का शर्मा
क्रिकेटर बिराट कोहोलीकी प्रेमिका भनेर निक्कै चर्चामा रहेकी बलिउड सुन्दरी अनुष्का शर्मा पनि अग्लो कद भएकी अभिनेत्री हुन् । उनको उचाइ पनि करिव करिव ५ फिट ९ इन्च छ । तर उनको उचाइ सुस्मिताको भन्दा कम छ ।
३ दीपिका पादुकोण
बलिउडकी अर्की अग्लो कद भएकी सुन्दरी हुन् दीपिका पादुकोण । विभिन्न हिट चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी उनको उचाइ पनि अनुष्काको बराबर करिव करिव ५ फिट ९ इन्च छ ।
४ नरगिस फाखरी
विदेशबाट बलिउडमा आएर जमेकी नरगिस फाकरी पनि बलिउडकी अग्लो कद भएकी सुन्दरी मानिन्छिन् । उनको उचाइ पनि दीपिका र अनुष्काको बराबर छ ।
५ क्याटरीना कैफ
रणबीर कपुरकी प्रेमिकाकोरुपमा चर्चित क्याट्रिना कैफ पनि बलिउडकी अग्लो कद भएकी सुन्दरी हुन् । उनको उचाइ ५ फिट ८ दशमलव ५ इन्च छ ।
६ बिपाशा बसु
बिपाशा बसु पनि अग्लो कद भएकी सुन्दरी मानिन्छिन् । बलिउडमा हट छवि बनाएकी उनको उचाइ पनि क्याट्रिनाको जस्तै ५ फिट ८ दशमलव ५ इन्च छ ।
७ प्रियंका चोपडा
पूर्व मिसवर्ल्ड प्रियंका चोपडा पनि बलिउडमा अग्लो कद भएकी सुन्दरिमा पर्छिन् । उनको उचाइ विपाशा र क्याट्रिनाको बराबर ५ फिट ८ दशमलव ५ इन्च छ ।
८ सोनम कपुर
मिष्टर इण्डिया अनिल कपुरकी पुत्री एवं बलिउड सुन्दरी सोनम कपुर पनि प्रियंका र विपाशा बराबर अग्ली छिन् । उनको उचाइ पनि ५ फिट ८ दशमलव ५ इन्च छ ।