धादिङ, ६ वैशाख । धादिङवेंशीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

बा ४ ख ८६६७ नम्बरको बसको ठक्करबाट नीलकण्ठ नगरपालिका ८ का ५० वर्षीय ज्ञानबहादुर दाहालको मृत्यु भएको हो । उनलाई बसले कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा ठक्कर दिएको थियो ।

दाहालको घटनास्थलमै मृत्यु भएको र बस तथा चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।