१५ असोज, काठमाडौं । ललितपुरमा बसको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा ४ ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।