२६ कात्तिक, बैतडी ।
बैतडीको मेलौलीवाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ७ ख २७२३ यात्रुवहाक बस आज विहान कैलालीको चुरे गाँउपालिका तीन ढकेनीमा दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ ।

अन्य बयालिस जना यात्रु घाइते भएका छन् । घाइतेहरुको सेती अञ्चल अस्पताल र पद्य अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये पन्ध्र जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

मृत्यु हुने तीनै जना महिला रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । पवनदूत यातायातको उक्त बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।