१८ असोज, काठमाडौं । नेपालथोक बस दुर्घटनामा मृतकको पहिचान भएको छ ।

File Photo

दुर्घटनामा सुनसरी इनरुवाका ३५ वर्षीय रामअवतार पण्डित, सप्तरीका २१ वर्षीय लक्ष्मी देव र ठेगाना नखुलेका ४० वर्षीय धनबहादुर श्रेष्ठको मृत्यु भएको छ । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस सिन्धुली र काभ्रेको सिमानास्थित नेपालथोकमा दुर्घटना भएको हो ।

बस तीब्र गतिको कारण दुर्घटना भएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।