८ साउन, रौतहट।

रौतहटको चन्द्रपुरमा आज बिहान भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना भन्दा बढी घाइते भएका छन ।

बिहान साढे पाँच बजे पूर्व पश्चीम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरको लमहा पुल मा काठमाण्डौ बाट जनकपुर जादै गरेको ना४ख ६२२९ नम्बरको यात्रुबाहक बस र बाराको निजगढ बाट चन्द्रपुर आउदै गरेको ना२त ३०५६ नम्बरको ट्रयाक्टर ठोक्कीदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ  ।Bus accident rautahat (2)

मृत्यु हुनेमा निजगढ ७ का ५० वर्षिय सोम बहादुर माझी र सोही स्थान निवासी २२ वर्षिय कुल बहादुर माझी रहेका छन ।tractor accident rautahat (2)

निजगढ बाट घर छाउने टाली बोकेर आउदै गरेको ट्रयाक्टरलाई लमहा पुलमा बसले पछाडी बाट ठक्कर दिएको थियो । मृतक सोम बहादुर माझी टालीको व्यापारी रहेको र अर्का मृतक टेक बहादुर उनका सहयोगी रहेको प्रहरीले जनाएको छ ।

Bus accident rautahat (1)

दुर्घटनामा गम्भीर घाइते भएका धन बहादुर माझी ट्रयाक्टर चालक हुन सक्ने प्रहरीको अनुमान रहेको छ । त्यसै गरी ट्रयाक्टर मै सवार विनेस माझी लाई थप उपचारका लागी नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज लगिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरी ले बताए ।

tractor accident rautahat (1)

 दुर्घटनामा परि बसमा यात्रा गरी रहेका दिपक भण्डारी गंगा कार्की घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटना पछि बसका चालक फरार रहेको र दुर्घटनाको कारणका बारेमा थप अनुसन्धान भई रहेको डिएसपी गिरी ले बताए ।