हेटौंडा, ३० जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहाढुंगामा पहिरोले डोजर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

फाइल फाेटाे ।

बाटो खनिरहेको डोजर सुख्खा पहिरोले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंहलाल चेपाङले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय मनहरीका इन्चार्ज विरेन्द्र पनेरुले प्रहरी घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको बताए ।

पहिरोले श्रेष्ठ र बुढाथोकीको शव पुरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको छ ।