१५ फागनु, काठमाडौं । राष्ट्रिय पजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले उठाएको पूर्वप्रधानमन्त्रीहरुको सम्पति छानविन गनुपर्ने मागलाई पूर्ण समर्थन रहेको बताएका छन् ।

बिहीबार बिहानै ट्वीट गर्दै राप्रपाका अध्यक्ष थापाले २०४७ सालदेखि सार्वजनिक पद धारण गरेका सबैको सम्पति छानविन गनुपर्ने भन्दै आफूहरुले १० वर्षदेखि माग गर्दै आएको स्मरण गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली ट्वीटरमा मेन्सन गर्दै सम्पति छानविनको लागि हिम्मत गर्न पनि अनुरोध गरेका छन् । उनले ट्वीटमा यस्तो लेखेका छन्ः

त्यसैगरी बुधबार दिउँसो एक ट्वीट गर्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले डाक्टर भट्राईको कुरामा पूर्ण समर्थन रहेको बताएका हुन् । उनले ट्वीटमा साझा पार्टीले यो कुरा नियमित उठाउँदै आएको समेत उल्लेख गरेका थिए । साथै आफूहरु नेतृत्वमा पुगेपछि २०४६ सालदेखि उच्च् राजनीतिक र प्रशासनिक पदमा बसेका सबैको सम्पति छानविन गरि दोषीलाई कारवाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

बुधबार भट्टराईले प्रतिनिधिसभाको बैठकमा जडौरी मागेर लगाउने नेताहरुको काठमाडौंमा घर कसरी बन्यो भन्दै प्रश्न गर्दै पूर्वप्रधानमन्त्री र अहिलेका प्रधानमन्त्रीको पनि सम्पति छानविन हुनुपर्ने माग गरेका थिए । साथै उनले आफूले जति हिसाब गर्दा पनि देखिने आयश्रोतले काठमाडौंमा घर बनाउन नपुग्ने बताएका थिए ।