२७ साउन, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालका दुई वरिष्ठ नेता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमै फर्केका छन् । डा. बाबुरा भट्टराई नेतृत्वका नयाँ शक्तिमा आवद्ध रहेका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा माउ पार्टीमा फर्केका हुन् ।

उनीहरुले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष निवास प्रचण्ड निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका छन् ।

छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी रहेकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।