हेडलाइन्स वाच ।

शनिबार बालुवाटारमा प्रचण्ड-देउवा र मधेशी दलका नेताहरुबीच सोमबार देखि संसद जसरी पनि चलाउने र संसोधन प्रस्ताव संसदमा प्रवेश गराउने सहमति भएको थियो । स्पष्ट शब्दमा नभनेपनि प्रचण्डले मधेशी नेताहरुलाई सोमबार देखि मार्शल नै लगाएर भएपनि संसद सुचारु गर्ने र संसोधन प्रस्ताव संसदमा दर्ता गर्ने संकेत गरेका थिए । सत्तापक्षले जवर्जस्ती गर्ने संकेत गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरु पनि संसदमा कडा प्रतिकार गर्ने भनेर तम्तयार थिए ।

विपक्षी चेतावनी- महाभारतको युद्धमा कसैले पनि जितेन. . .

सोमबार विहानै एमाले संसदीय दलको कार्यालयमा बैठक राखेर एमाले लगाएतका विपक्षी दलहरुले भने संसद र सडकमा आन्दोलन चर्काउने र संसोधन फिर्ता नलिए सम्म संसद चल्न नदिने निर्णय गरेपति खतरै भिडन्त पो हुने हो कि भन्ने पनि अनुमान चलिरहेको थियो । तर एमाले सहितका विपक्षी दलले संसदमा जारी राखेको अवरोध सोमबार पनि पुरानै शैलीमा कायम राखेपनि प्रधानमन्त्री प्रचण्ड सहितका सत्तारुढ दलहरुले भने चिसै पानीले नुहाए । किन भने प्रतिपक्षी पनि बलियै भएका कारण मार्शल नै लगाएर संसद चलाउने अवस्था सहज थिएन ।

oli-at-3-party-meeting-with-speaker

सरकार संसदमा बल मिच्याइँ गरेर अघी बढ्ने मनस्थितिमा देखिएपछि एमाले अध्यक्ष केपी ओलीले सोमबार विहान प्रमुख तीन दलको बैठकमा जानु अघि नै प्रतिपक्षी दलहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा सरकारले संविधान संसोधन प्रस्ताव जवर्जस्ती संसदमा प्रवेश गराउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी एमाले सहितको प्रतिपक्षी गठबन्धनले संसद र सडकमा आन्दोलन चर्काउने तथा संसदमा जवर्जस्ती गरिए कडा प्रतिकार गर्ने निर्णय गराएपछि मात्र उनी सभामुखले बोलाएको बैठकमा गएका थिए ।

सभामुखले बोलाएको बैठकमा बामदेवको डाइलग

पछिल्लो समयमा संघीयता विरोधी कित्तामा उँभिदै अव संघीयता थाम्न नसकिने अभिब्यक्ति दिइसकेका बामदेवले सभामुखले बोलाएको बैठकमा खरा कुरा गरे । उपाध्यक्ष वामदेव गौतमले १ दिन अघि मात्र छुटैृ राष्ट्र/राज्यको परिकल्पना गरेर ल्याएको सङ्घीयता लागू नहुने जिकिर गर्दै अहिलेको सङ्घीयता द्वन्द्व निम्त्याउने खालको भएको भन्दै लागू नहुने जिकिर गरेका थिए । उपाध्यक्ष गौतमले तराईलाई एउटा राष्ट्र बनाउन र नेपालबाट टुक्र्याउनका लागि सीमाङ्कन हेरफेरको प्रस्ताव ल्याइएको पनि आरोप लगाएका थिए । प्रचण्ड सरकारले ल्याएको प्रस्तावलाई राष्ट्रघाती करार गरेका बामदेवले बैठकमा ठाडो कुरा गरे ।

फाइल तस्विर

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव फिर्ता नलिने र सोमबार नै संशोधन प्रस्ताव संसद समक्ष टेबुल गर्ने अडान लिएपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले अलि मोडरेट गर्दै संविधान संशोधन र निर्वाचन सम्बन्धी विधेयकमा प्याकेजमा सहमति गर्न प्रस्ताव गरे । उनले बैठकस्थलबाट बाहिरिएपछि आफूले राखेको प्रस्तावबारे जानकारी दिएका थिए ।

बामदेवको प्रश्न- प्रधानमन्त्रीले संविधान कार्यन्वयन हुन सक्दैन भन्न मिल्छ ?

बैठकमा सँधै जस्तै आफ्ना अडानका पक्का केपी ओलीले संसोधन नभएर निर्वाचनको कानून ल्याउन मात्र संसद खोल्नु पर्ने अडान राखे । निर्वाचनको सुनिश्चितता गर्नका लागि आवश्यक कानुन टेवल गर्न र पारित गर्न आफूहरु तयार रहेको तर अहिलेको संसोधन प्रस्ताव थाँती राख्नु पर्ने अडान उनले दोहोर्‍याएका थिए । ओली भन्दा खरोरुपमा बोलेका बामदेवले भने संसोधन प्रस्तावलाई संविधान विरोधी भन्दै भने, ‘संविधान संशोधन गर्ने अनावश्यक बखेडा झिकेर संबैधानिक निर्देशनलाई पन्छाउने कामलाई समर्थन गर्न सक्दैनौं ।’ उनले संसोधन प्रस्ताव बाह्य शक्तिको प्रेरणामा आएको भन्दै यसले देशको भलो नगर्ने चेतावनी समेत उनले दिएको एक नेताले हेडलाइन्सलाई बताए ।

बैठकबाट बाहिरिने क्रममा बामदेवले भने– “राष्ट्रलाई विखण्डन गर्नेतर्फ उन्मुख भएको संविधान संशोधनको प्रस्ताव जारी संविधानमा पनि अघि बढाउन नपाउने व्यवस्था हुँदाहँुदै जबर्जस्ती ल्याउने काम भएकाले हाम्रो सहमति हुँदैन भनेका हौँ ।”

“सत्तापक्षले चुनावमा जानुहुन्छ कि हुँदैन भनेर सोध्नुभयो, हामीले चुनावमा जान्छौं, पूरापूर सहयोग पनि गर्छौं भन्यौँ, उहाँहरुले त्यसो भए संविधान संशोधनको प्रस्ताव पनि जोडेर आउँछ भन्नुभयो, हामीले पनि संशोधनको प्रस्तावलाई चुनावको प्रस्तावको पुच्छर बनाएर ल्याएमा हाम्रो सहमति हुँदैन भनेका छौँ” – उपाध्यक्ष गौतमले भने।

संविधान संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद्को अवरोध कायमै रहने अठोट व्यक्त गर्दै उनले भने – “संशोधन प्रस्ताव पारित हुन दिँदैनौँ । अवरोध गर्छौं । सत्तापक्षले जसरी प्रस्तुत हुन्छ त्यसअनुसार हामी पनि अघि बढ्छौँ ।”

एमालेका ४ शर्त
संसद खोल्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यतः चार शर्त राखेको छ । संसद खोल्नु अघिः संशोधन विधेयक फिर्ता गर्नु पर्ने, संशोधन विधेयक थाती राखेको घोषणा गर्नु पर्ने, संसद्को कार्यसूचीमा निर्वाचनसम्बन्धी विधेयक पेस गर्नु पर्ने र २०७४ माघ ७ भित्र चुनाव गर्ने विश्वासिलो मार्गचित्र प्रस्तुत गर्नु पर्ने एमालेको शर्त छ । गत शनिबार बालुवाटारमा बसेको सत्तारुढ प्रमुख २ दल तथा मधेशवादी दलहरुको बैठकबाट अव संसदमा दर्ता गरिएको संसोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका थिए । तर एमाले पनि आक्रामक ढंगबाट आएपछि सत्तारुढ दलहरु जवर्जस्ती गर्ने मनस्थितिबाट पछि हटेका छन् । जसका लागि बामदेवको एक डाइलगले भूमिका खेलेको देखिन्छ ।

भारतीय राजदुत रातिमा सुटुक्क बालुवाटार छिरेपछि. . .