१६ मंसिर, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले संसदमा प्रस्तुत गरेको संसोधन प्रस्ताव संबैधानिक मान्यता विपरित रहेको बताएका छन् ।

मोर्चाको काउन्टर प्रस्तावपछि कड्किए प्रचण्ड – सबै माग पूरा गर्न सकिदैन !

आजको संसद बैठकमा आफ्नो धारणा राख्दै बामदेवले सरकारले संविधानको उल्लङ्घन गरिरहेको आरोप पनि उनले लगाएका छन् । प्रधानमन्त्रीले समेत संविधान नमानेको उनको आरोप छ ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यन्वन हुन कठिन हुने भन्दै अभिब्यक्ति दिएको भन्दै उनले यो पनि संविधान नमानेको उदाहरण भएको बताए ।

बामदेव बोल्दा बोल्दै सभामुखलाई आरोप लगाएको भन्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बिचमै उठेर नियमापत्ति गरेका थिए । बामदेवले भने आफूले कुनै अपमान र आरोप लगाउन नखोजेको स्पष्टिकरण दिए ।

विशेष कारण देखाउँदै प्रचण्डको पत्रकार सम्मेलन स्थगित

बामदेवले पहाड तर तराइलाई मिलाउनै नहुने भन्नेहरुले तराइलाई छुट्टै देश बनाउने षडयन्त्र गरिरहेको भन्दै बामदेवले एमालेले सरकारले प्रस्तुत गरेको संविधान संसोधन कुनै हालतमा नमान्ने बताए ।

बामदेव बोलेपछि संसदको बैठक अवरुद्ध भएको छ । एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि संसद बैठक शुक्रबार ३ बजे सम्मका लागि स्थगित भएको हो ।

संसदमा बामदेवले बोलेका कुराः

कसैलाई रिझाउन सरकारले सम्झौता गर्यो । सम्झौता कांग्रेस माओवादीले गरेको छन् नेपाली जनताले गरेका छैनन् । सरकार कानुन र संविधान अुनसार चलोस् । हामीले प्रधानमन्त्रीलाई अनेक पटक भनेका छौ । कांग्रेस र माओवादीको कारण राष्ट्र वर्वादिको दिशातिर जाँदैछ । हिमाल पहाड र तराई लाई एकताबद्ध गर्न र समृद्ध गर्न हामीले संघीय व्यवस्था स्वीकार गरेका हौ ।

तराई र पहाडलाई फुटाएर के गर्ने खोजिएको हो ? पाँच नम्बर प्रदेश पहाडी क्षेत्र टुक्रयाएर तराईको मात्र के गर्ने खोजिएको हो ? के तराई र पहाड मिलाउ नै नहुने हो ? अहिलेको संविधान स.शोधन विधेयक नेपाल बहुराष्ट्रिय राज्य बनाउने र तराईलाई छुट्टै अगल स्वतन्त्र राष्ट्र बनाउने योजना हो । पाँच नम्बर प्रदेश टुक्रयाएको विरोधमा जनताको साथमा एमाले हुन्छ ।

देशलाई ववार्दितको दिशामा लैजान ल्याएको विधेयक अगाडि बढ्न दिदैनौं । नेपाली जनताले निकै कष्ट झेलेर संविधान जारी गरे । संविधान कार्यान्वयन गरेर तीन तलहको निचर्वाचन गर्नुपर्ने सरकारले अनावश्यक रुपमा संविधान संशोधन विधेयक ल्याएको छ ।