२६ कात्तिक, बारा । जिल्लामा मंगलबार गोली प्रहार गरी निर्धन उत्थान बैंकका कर्मचारीको साथबाट ४ लाख रुपैयाँ लुटिएको छ ।

बाराको प्रसौनी गाउँपालिकामा शाखा रहेको बैंकका कर्मचारी जिवन खड्काको साथबाट मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी ४ लाख रकम लुटेर लगेको प्रहरीले जनाएको छ ।

फेटा गाउँपालिका वडा नम्बर २ जगतपुर टोलबाट बैंकको रकम संकलन गरेर फर्कदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाले फायरिङ गर्दै ४ लाख रकम लुटेर लगेको हाे ।

गोली कसैलाई नलागेको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले बताए। गोली प्रहार गरी रकम लुट्नेहरुको खोजी भइरहेको उनले बताए ।