१२ भदौ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ ।

नेकपाका विरोध खतिवडाले चक्रपथमा जेब्रा क्रसिङ नभएका कारण पैदल यात्रुले अनाहकमा ज्यान गुमाउनु परिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गरे ।

‘अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर टिपरलाई देखाउने गरेका छन् । टिपर आतङ्क कारण मासिक रुपमा सात जनाको ज्यान जाने गरेको छ तर सरकारले टिपर व्यवस्थापनमा ध्यान दिएको छैन’, उनले भने, ‘टिपरको बोलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुप¥यो ।’