१३ मंसिर, काठमाडौं । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।