१६ चैत काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन आजको मन्त्रिपरिषदको बैठकमा निश्चित भौतिक दुरी कायम गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई छुट्टा छुट्टै टबेल र कुर्सीको व्यवस्था मिलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रीपरिषद बैठकमा पनि भौतिक दुरी कायम गरिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर राखेका छन् ।

बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले मास्कको प्रयोग गरिएको छ । बैठकस्थलमा जाने मन्त्रीहरुको ज्वरोसमेत नापिएको थियो । ‘मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सचिवालय हलमा निर्धारित भौतिक दूरी कायम गरी प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरूले मास्क लगाएर नै बसेको छ’, थापाले फेसबुकमा लेखेका छन्, ‘पछिल्लो समय सधैजसो बालुवाटारमा बैठक बस्ने गरेको प्रधानमन्त्रीज्यूको निवास रहेको भवनस्थित बैठक कक्षमा स्थानको सीमितताले गर्दा पर्याप्त भौतिक दूरी मिलाउन सकिने गरी ठूलो हलमा बैठक गर्नुपरेको हो ।’