५ भदौ, काठमाडौं । संसदीय समितिले बुधबार चलचित्र हलमा राष्ट्रिय गान बजाउनुपर्ने निर्णय गरेको छ । संविधान दिवस अर्थात असोज तीनगतेदेखि सम्पूर्ण हलहरुमा चलचित्र शुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बजाउनुपर्ने र राष्ट्रिय गानमा सबैजना उठ्नुपर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयपछि सामाजिक सञ्जालमा बहस शुरु भएको छ ।

deepak raj giri latest picture

यसै विषयमा चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई व्यङ्ग्य गर्दै सरकारले गज्जबको निर्णय गरेको बताएका छन् । उनले सरकारले गज्जबको निर्णय गरेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले यसो गरेर नेपाल र नेपाली चलचित्रको बिकास हुने नै भयो सरकारलाई कडा व्यङ्ग्य गरे । साथै उनले नयाँ अध्यक्ष आउनेबित्तिकै केही गरेन भन्नेहरुलाई ठूलो परिवर्तन भएको भन्दै कटाक्ष गरेका छन् । पढौं उनको स्टाटसः

ओहो सरकारले गज्जब निर्णय गरेछ सिनेमा हलमा राष्ट्रीय गान बजाउनै पर्ने रे मान्नै पर्छ बा अब भने नेपाल र नेपाली…

Posted by Deepak Raj Giree on Thursday, August 22, 2019