१९ जेठ, काठमाडौं । नेपाली सेनाका प्रधनसेनापति राजेन्द्र क्षेत्रीले संविधानले दिएको अधिकार प्रयोग गरेर बिखण्डनकारीलाई परास्त गर्ने बताएका छन् ।

पोखराको फूलबारी ब्यारेकमा आयोजित भूपूसैनिक सम्मेलनलाइ सम्बोधन गर्दै उनले बिखण्डनकारीको तमासा हेरेर बस्न नसक्ने चेतावनी समेत दिए । देशभित्रै बसेर सामाजिक सद्भाव भड्काउन जो सुकैलाई नछोडिने उनको भनाई थियो ।

त्यस्ता राष्ट्रहित बिपरित गतिविधि परास्त गर्न सेना तयार छ, उनले भने । नेपालको संविधान रक्षा, भौगोलिक अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि प्रतिवद्ध रहेको पनि प्रधानसेनापति क्षेत्रीले बताए ।