११ पुस, काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिग टी–ट्वान्टीको आजको खेलमा सन्दीपले एक विकेट लिएका छन् । मेलवर्न स्टार्सबाट खेलिरहेका आज भएको एडलेड स्ट्राइकर्सविरुद्धको खेलमा सन्दीपले १ विकेट लिएका हुन् ।

तीन ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर १ विकेट लिएका हुन् । छैटौँ, आठौँ र पन्ध्रौँ ओभर बलिङ गरेको सन्दीपले छैँटौँ ओभरको चौथो बलमा स्ट्राइकर्सका म्याथू सर्टलाई बोल्ड गरेका थिए । यसअघिको खेलमा महंगो सावित भएका सन्दीपले आजको खेलमा भने सन्तोषजनक प्रदर्शन गरेका छन् ।

निर्धारित ओभरमा स्ट्राइकर्सले ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । अब सन्दीपको टीम मेलवर्न स्टार्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । एडलेड स्ट्राइकर्सका लागि जोनाथान वेल्सले सर्वाधिक ६८ रन नटआउट खेलेका थिए । उनले ४६ बलको सामना गरेका थिए ।