२१ पुस, एजेन्सी । भारतीय चर्चित रियालिटी शो बिगबोस १३ मा रिस, लडाईं र हिंसाको सबै हद पार गरेको छ । आउने एपिसोडमा थप्पड र चप्पलले पिटेको आवाज सुनिएको छ । गएको दिनमा रिस उठेपछि माहिराले पारसलाई थप्पड हानेकी थिइन् । सोमबारको एपिसोडमा सिद्धार्थलाई थप्पड हानेकी छन् भने मधुरिमाले विशाल आदित्य सिंहलाई चप्पलले पिटेको देख्न सकिन्छ ।

दर्शकहरुले बिगबोसको हाउसमा एकदमै दमदार किसिमको ड्राम देख्न पाइरहेका छन् । प्रोमोमा विशाल र मधुरिमाबीच दमदार झगडा भएको देखिएको छ । विशाल मधुरिमाको विषयमा बोल्दै थुक्नको लागि पनि लायक नभएको बताएका थिए । बिशालको भनाईबाट रिसाएकी मधुरिमाले उनलाई चप्पलले दुईपटक हान्छिन् । राष्ट्रिय टेलिभिजनमा आफ्ना यस्तो बेइज्जती भएपछि विशाल पनि एकदमै रिसाउँछन् ।

त्यसपछि उनले माइक निकालेर फाल्छन् र ढोका बर्जाछन् । पछि विशाल र मधुरिमालाई बिगबोसले कम्फेसन रुममा बोलाउँछन् । विशालले बिगबोससँग भन्छन्, ‘यो घटनापछि शो कि त म रहन्छु की त यो रहन्छे ।’ दुईजनाको व्यवहारबाट दिक्क भएर बिगबोसले उनीहरुलाई सोध्छन्, ‘के तपाईंहरु एउटै घरमा बस्न सक्नुहन्छ ? यदि सक्नुहन्नु भने दुईमध्ये को घरमा बस्ने हो फैसला गर्नुहोस् ।’

यति भनेपछि बिगबोसले मेनगेट खोल्छन् । प्रोमोमा देखाए अनुसार विशाल आदित्य सिंहले रिसमा बिगबोसबाट जानको लागि उठ्छन् । विशाल बाहिर जान लाग्दा शहनाजले उनलाई रोकेकी छन् । उनीहरुको रिसले कसलाई को बाहिरिन्छ भन्नेबारेमा सोमबारको एपिसोडमा थाहा हुनेछ । उनीहरु यसअघि एकअर्काकाका प्रेमीप्रेमिका पनि हुन् । भारतीय अर्को रियालिटी शो ‘नच बलिए’को नवौँ संस्करणमा उनीहरुबीच नराम्रो झगडा भएको थियो ।