३ मंसिर, काठमाडौं । घरमै केही काम गर्ने सोच बनाएका पति रामसिंहलाई करबल गरी बैदेशिक रोजगारीमा पठाएकोमा दार्चुला, दल्लेखकी प्रमिला धामीलाई अहिले पश्चाताम भइरहेको छ । ६ महिनाअघि साउदी अरेबियाको जेद्दास्थित एक कम्पनीमा काम गर्दागर्दै लडेका २९ बर्षीय रामसिंहको टाउकोमा गहिरो चोट लागेको छ । सोही चोटका कारण यतिखेर उनी त्यहाँको अस्पतालमा भर्ना भएका छन् ।

पत्नीले घर फर्काउने प्रयास गरे पनि सफल हुन सकेकी छैनन् । ‘अघिल्लो महिनासम्म जतिसक्दो घर फर्काउनुपर्‍यो भन्दैहुनुहुन्थ्यो’, उनले भनिन्,‘विदेशबाट ल्याउन नसक्दा तनाव भइरहेको छ ।’ उनी रोजगारीका लागि साउदी पुगेको ६ महिनामात्र पुगेको थियो ।

स्वदेशमा पाईने अवसरमा आँखा नलगाई बैदेशिक रोजगारीमा जाँदा कतिपयले राम्रो आर्थिक गरेपनि कतिपयले जिन्दगीभर नमेटिने दाग र पीडा बोक्न बाध्य छन् ।

बैदेशिक रोजगार बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका २८ नेपाली(अचेत अवस्था)मा उपचारत छन् । ती सबै गन्तब्य मुलुकका रोजगारदाताकहाँ काम गर्दागर्दै कार्यस्थलमा दुर्घट्नामा परेर जीवनमरणको दोधाँसमा पुगेका खवर नागरिकमा छ ।