एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली यतिबेला छुट्टिमा छन् । इण्डियन प्रिमियर लिग (आइपीएल) हालसालै सकिएको र विश्वकप क्रिकेट नजिकिएका बेला कोहली पत्नी अनुष्कासँग विदा मनाउन गोवा पुगेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

फोटोेमा बिराट अनुश्का एउटा रेष्टुरेन्टमा बसिरहेका देखिन्छन् । टिम इण्डियाका ओपनर ब्याट्सम्यान रोहित शर्मा पनि पत्नी र वच्चाका साथ मालदीवमा रमाइरहेका भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् ।

रोहितको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले हालै चौथो पटक आइपीएलको उपाधि जितेको थियो । एकदिवसीय विश्वकप क्रिकेट आगामी ३० मे देखि सुरु हुँदैछ ।