१४ मंसिर, एजेन्सी । खुसी हुनको लागि साथमै बस्ने कुरा अब पुरानो भइसक्यो । एक अनुसन्धानका अनुसार जुन जोडी कामको सिलसिलामा एकअर्काबाट टाढा रहन्छन्, उनीहरुबीच नै माया गाढा भएको पाइन्छ । उनीहरुलाई केही दिनको अन्तरालपछिको भेटमा यस्तो माया महसुस गर्छन् ।

एक अनुसन्धानले जोडीहरु ५ दिनभन्दा बढी टाढा हुन नहुने जनाएको छ । लण्डनको ट्रयाभलिज होटलद्वारा २ हजारभन्दा बढी मानिसहरुमा गरिएको सर्वेक्षणमा तीनै मानिसहरु सुखी थिए जो एकअर्कासँग दुरी बनाएर बसेका छन् ।

अनुसन्धानमा सहभागि ३५ वर्षीय रिचर्ड स्टक प्रायजसो कामको सिलसिलामा पत्नीसँग टाढा जाने गर्थे । समयको साथसाथ एकअर्कासँग दुरी कायम राख्नुपनि आवश्यक हुने उनको तर्क छ । यसबाट एकअर्काको आवश्यकताको बारेमा पनि जान्ने मौका मिल्छ ।

सर्वेमा कतिपयले कामको सिलसिलामा बाहिर गएर होटलको ठूलो कोठामा एक्लै बस्दा आनन्दित महसुस हुने बताएका छन् । केही दिनसम्म घरको कामबाट टाढा रहँदा दिमाग पनि फ्रेस हुने उनीहरुको भनाइ छ । अर्को एक समूहको भनाइ भने गज्जबको छ । एकअर्काबाट लामो समय टाढा बसेर आउँदा उनीहरुको स्वागत पनि छुट्टै तरिकाले गर्ने र त्यो एकदमै मिठो उनीहरुको तर्क छ ।