२० मंसिर, काठमाडौं । साताको छैटौँ दिन पनि सुनको मूल्य घटेको छ । बिहीबार २ सयले घटेको सुनको मूल्य शुक्रबार ३ सय रुपैयाँ प्रतितोलाले घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कायम भएको छ भने तेजाबी सुन तोलाको ७१ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार कायम भएकै मूल्यमा शुक्रबार चाँदी कारोबार हुने महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

बिहीबार छापावाल सुन तोलाको ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा चाँदी ८ सय ५० रुपैयाँमै कारोबार भएको थियो । मंसिर महिनामा बिहीबारको मूल्य सबैभन्दा बढी हो । यसअघि मंसिर ४ गते छापावाल सुनको मूल्य सबैभन्दा बढी अर्थात ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।