१६ माघ, एजेन्सी । बीबीसी टेलिभिजनले आफ्नो रेड बटन टेक्स सेवा बन्द गरेको छ । दृष्टिबिहीनहरुको एक संगठनको लामोे समयको आन्दोलनपछि बीबीसीले यो सेवा बन्द गरेको हो ।

रेड बटन टेक्ट समाचारका हेडलाइनहरु, फुटबल स्कोर, मौसम र यात्रासँग सम्बन्धित समाचारहरु टिभीमा पढ्नसक्ने माध्यम हो, जुन १९९९ मा शुरु गरेको थियो । आफूहरुले उक्त समाचार पढ्न नपाउने भन्दै दृष्टिबिहीनहरुले यसको विरोध गरेका थिए ।

गतवर्ष नै बीबीसीका प्रवक्ताले यो सेवा बन्द गर्ने भनिसकेका थिए । रेड बटन टेक्स बन्द गर्ने घोषणा गर्दै गर्दा प्रवक्ताले आफूहरुले इन्टरनेटमा आधारित अझ राम्रो किसिमले सेवा दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।