१४ असोज, काठमाडौं । रुपन्देहीमा ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ ।

यौन दूर्व्यवहार गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–४ बस्ने ५२ वर्षीय दिपक कुमार क्षेत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

rape
rape-file photo

पैसाको प्रलोभन देखाई ती बालिकालाई आइतबार दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ड्राईभरटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।