२७ साउन, एजेन्सी । एक किशोरीका अभिभावकले १७ वर्षमै विवाह गरिदिए । तर किशोरीले त्यो विवाह लामो समय नटिक्ने अड्कल काटिसकेकी थिइन् । नायला खान नामकी एक युवतीको कहानी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । खासमार नायलाको अन्तर्वार्ता बीबीसी स्कटल्याण्डको एक टिभी शोमा देखाइएको थियो ।

बेलायतमा जन्मेकी मुस्लिम युवतीलाई उनको अभिभावकले जबरजस्ती पाकिस्तान लगेर १७ वर्षको उमेरमा विवाह गरिदिएका थिए । तर उनलाई यो विवाह मञ्जुर थिएन । त्यसपछि उनी त्यहाँबाट पुनः स्कटल्याण्ड नै पुगिन् । केही दिनपछि पति पनि आउने भन्ने खबर पाउनसाथ उनी आफू बस्ने गरेको स्कटल्याण्डको ठाउँबाट पनि भागिन् ।

स्कटल्याण्डको एडिनबर्गमा बस्ने नायला अहिले ३० वर्षकी भइन् । उनी अहिले एक किताब लेखिरहेकी छन् । उनले एक फेसबुक स्टाटस लेख्दै आफ्नोजस्तै समस्या भोग्ने महिलाहरुसँग सम्पर्क गर्न गरिरहेकी छन् ।

नायलाले आफू एकदमै धेरै पश्चिमी शैली अपनाउन थालेकोले परिवारले आफ्नो विवाह गरिदिन लागेको पनि स्टाटसमा उल्लेख गरेकी छन् । ‘मेरो अभिभावकलाई मैले सिमाभन्दा बढी उश्रृंखल भएको लागेको थियो’, उनले भनिन् ।

त्यसको एकवर्षसम्म उनी साथीकोमा बसिन् । त्यसपछि उनी आफ्नो घर पाकिस्तान फर्किएकी थिइन् । छरछिमेकी र आफन्तहरुले उनलाई एकदमै नराम्रो गाली गरे । त्यति गर्दा पनि उनी घरमै बसिन् । उनी बुवाआमाले घरमा बस्न दिएकोमा चकित परेकी थिइन् । साथै उनले भनिन्, ‘बुवाआमाको मायाको अगाडि धर्मको केही नलाग्दो रैछ ।’