१८ असोज, सिन्धुपाल्चोक । चौतारा बजारमा शनिबार अपराह्न यात्रुबसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

australia children killing
File Photo

काठमाडौँबाट नवलपुरतर्फ जाँदै गरेको बा २ ख ६५८५ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा चौतारा बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा साँगाचोकगढी नगरपालिका–५ का हेमबहादुर घलेको तीन वर्षीया छोरी प्रेरणा घलेको रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरु दशैँको किनमेल गर्नको लागि सदरमुकाम आएका थिए ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।