१८ चैत, सर्लाही । आफ्नै (भाई) बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा जिल्लामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका–५ कामचोक तिमाल बस्नेग २७ वर्षीय सानुकान्छा तामाङ रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फाइल तस्बिर

सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी बिवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी चौकी समुन्द्रटारले जनाएको छ ।

घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।