१५ असाेज, एजेन्सी। वैज्ञानिकहरुले कृतिमा रगत तयार गरेको दाबी गरेका छन् । जसलाई मानिसमा प्रयोग गर्न सकिने दाबी उनीहरुको छ । जुनसुकै प्रकारको रगत भएको व्यक्तिमा यो रगत प्रयोग गर्न सकिने बताइएको छ ।

जापानको टोकोरोजावामा रहेको नेशनल डिफेन्स मेकिडल कलेजमा यो रगत तयार गरिएको हो । यसलाई एक वर्षसम्म सामान्य तापमानमा राख्न सकिन्छ । डेली मेलको रिपोर्ट अनुसार जापानी वैज्ञानिकले यस्तो पूर्ण रगत बनाएको हो । जसमा रक्तकोषिका, अक्सिजन, प्लेटलेटस रहेका छन् । रगतको परीक्षणका क्रममा रगत कम भएका खरायोमा यसको प्रयोग गरिएको थियो । १० वटा खरायोमा यो कृत्रिम रगत चढाइएकोमा ६ वटा खरायो बाँचेका थिए । बैज्ञानिकहरुका अनुसार साँच्चिकै रगत चढाउँदा पनि खरायोको अवस्था यस्तो हुन्थ्यो ।

दुर्घटनामा घाइते भएका र गम्भीर प्रकारको विरामीका लागि रगतको आवश्यकता पूर्ती गर्नका लागि यो रगतले पाइदा पुग्ने बैज्ञानिकहरुको विश्वास छ । अहिलेसम्म रगत चढाउनुपर्ने विरामीलाई अस्पताल पुगेपछि सबैभन्दा पहिलो उसको ब्लड ग्रुप थाहा पाउन त्यसको परीक्षण गर्ने गरिन्छ । ओ नेगेटिभ यस्तो रगत हो जो आपतकालीन स्थितीमा कुनै पनि रगत समूहका विरामीलाई चढाउन सकिन्छ । तर ओ नेगेटिभ ग्रुपको ब्लड पर्याप्त पाइँदैन । त्यसैले यस्तो कृत्रिम रगत मानिसलाई अकालमा मर्नबाट जाेगाउन धेरै उपयोगी हुने वैज्ञानिकहरुको दाबी छ ।