४ पुस, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हमेसा अरु पार्टीका नेतालाई टेर्दैनन् । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली नेपालको राष्ट्रवादी नेताको रुपमा आफूलाई स्थापित गर्ने खेलमा छन् ।

एमाले भातृ संगठनका जिल्ला अध्यक्षलाई गोली हानेर मारियो

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन फिर्ता नलिएसम्म संसद खुल्न नदिने भन्दै तीन सातादेखि संसद ठप्प छ । प्रतिपक्ष दल एमालेले सडक र सदन मार्फत आन्दोलन गर्दै आएको छ ।

prachanda-vs-oli-walking

संसद सुचारु गर्न सभामुख ओनसरी घर्तीले आह्वान गरेको प्रमुख तीन दलको बैठकमा सबै नेताहरु समयमा नै पुगेपछि एमाले अध्यक्ष केपी ओली केही ढिलो गरी पुगेका थिए । सभामुख घर्तीको दायाँ साइटमा ओली र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल थिए भने बायाँ साइटमा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका उपाध्यक्ष वामदेव गौतम बसेका थिए । सभामुख बैठकको सुरुमै संसद अवरुद्ध छ तीन दलबीच सहमति कायम गरेर संसद खोल्नु पर्यो भन्ने आग्रह गरेकी थिइन ।

बामदेवको एक डाइलगले भाँडियो सभामुखले बोलाएको छलफल !

बैठकको सुरुमै एमाले अध्यक्ष ओलीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएका थिए । ओलीको जवाफमा दिदै कांग्रेस सभापति देउवाले प्रस्तावमाथि छलफल नै गर्न नदिने यस्तो पनि तरिका हुन्छ बरु प्रस्तावलाई फेल गराइदिए भइहाल्यो नि भन्दै ओलीको बोलीको जवाफ दिएका थिए ।

तीन दलको बैठकमा बोल्ने क्रममा ओलीले सामान्य मर्यादा समेत ख्याल गरेनन । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सभामुख अगाडि बसेर ओभर खुट्टी लगाउदै निकै सानका साथ कुरा गरेका थिए । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभपाति देउवाले शिष्टाचार पालना गरेपनि ओलीले भने निकै रबाफको साथ उपरखुट्टी लगाएर सानको साथ बसेका थिए ।

oli-disrespect-speaker-gharti

यसअघि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति निर्माणको लागि बोलाएको सर्वदलिय बैठकमा पनि ओलीले उपाध्यक्ष वामदेव गौतमसँग कानेखुसी गर्न थालेपछि कांग्रेस सभापति देउवाले ‘मिस्टर चुप’ भनेर ओलीलाई आफ्नो कुरामा ध्यानाकर्षण गराएका थिए । तीन दलको बैठकमा सहमति गर्नको लागि हुने बैठक तीन सातादेखि अडान विवाद र किचलोमा परिणत हुँदै आएको छ । सत्तापक्ष कुनै पनि हालतमा संसदमा पेश गर्ने तयारीमा छ भने प्रतिपक्ष दल कुनै पनि हालतमा प्रवेश गर्न नदिने मानसिकतमा देखिएको छ ।