२ फागुन, काभ्रे । बनेपामा बोलेरो गाडीको ठक्करबाट प्रहरीका असईको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा १९ च १३२३ नम्बरको बलेरो गाडीले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेज बहादुर गुरुङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका सहायक निरीक्षक गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।