२ भदौ, एजेन्सी । भारतीय चर्चित गायिका नेहा कक्कडको नायक हिमांश कोहलीसँग ब्रेकअप भएको लामो समय भयो । उनीहरु करिब वर्षसम्मको प्रेम सम्बन्धमा रहे । सम्बन्ध छुटेपछि नेहा डिप्रेसनमा गएकी थिइन् । रियालिटी शो र इंस्टाग्राममा नेहाले कैयौंपटक आफ्नो पीडा पोखेकी थिइन् । अब उनको प्रेमसम्बन्धको बारेमा नयाँ कुराले चर्चा पाइरहेको छ ।

भारतीय मिडियाका अनुसार नेहा कक्कड अहिले इंडियन आइडल प्रतिस्पर्धी विभोर पाराशरसँग डेट गरिरहेका छन् । नेहा इंडियन आइडलको दशौं सिजनमा निर्णायक बनेकी थिइन् । नेहाले विभोर र कुशाल पण्डित कैयौँ शहरहरुमा सँगै गाउनको लागि गएका पनि छन् । तर मिडियामा फैलिएको यस्ता खबरहरुबाट विभोर भने एकदमै चिन्तित छन् ।

उनले एक मिडियासँगको कुराकानीमा यी सबै कुरा अफवाह भएको बताएका छन् । दुषित मानिसिकता भएका मानिसहरुले यस्तो हल्ला फैलाएको उनको तर्क छ । उनले आफ्नो करिअर बनाउनलाई नेहाले गरेके कामको जति प्रशंसा गरेपनि नपुग्ने बताएका छन् । साथै इंस्टाग्राममा दिदी नलेख्दैमा नेहा आफ्नो गर्लफ्रेन्ड भनेर सोच्नु गलत उनको स्पस्टोक्ती छ ।

विभोरले यति बोलेता पनि नेहा भने यो कुरालाई थाहा नपाएझैंगरी बसिरहेकी छन् । उनले अहिलेसम्म यस विषयमा आफ्नो प्रतिक्रिया दिएकी छ्रैनन् ।