३ मंसिर, एजेन्सी । सम्बन्धमा वैचारिक मतभेद र मायाको कमिले गर्दा प्रेमसम्बन्धहरु छुट्ने गर्छन् । प्रेमसम्बन्ध छुटेपछि दुवैले एकअर्काको कुरा काट्ने र एकअर्कालाई नराम्रो भन्ने चलन नेपाली समुदायमा देख्न पाइन्छ । तर प्रेमसम्बन्ध विच्छेदपछि पनि एकअर्काको नजरम सम्मान पाउन सकिन्छ, त्यसको लागि आफैँ सचेत हुन आवश्यक छ । आफ्नो सम्बन्धलाई लामो समयसमम्म टिकाइराखको लागि यी ४ उपायहरु अपनाउनुपर्छ ।

साथीजस्तो व्यवहार गर्नुहोस्ः
ब्रेकअपपछि जतिसक्दो एकअर्कासँग विनम्रताको साथ प्रस्तुत हुन सिक्नुहोस् । त्यो समयमा नम्र तरिकाले प्रस्तुत भई यस्तो अवस्थामा पनि एक असल साथीको व्यवहार देखाएमा महिलामा तपाईको सम्मान कायमै रहन्छन् ।

आफ्नो नजर सुर्धानुस्ः
कैयौपटक आफ्ना पुराना गल्तीहरुका कैयौँ कारण हुन्छ । यसको समाधान जबर्जस्ती सुर्धान वा कैद गर्नुको साटो एक्स गर्लफ्रेन्ष्डलाई स्वतन्त्र छोडिदिनुस र उनीप्रति हेर्न नजर र सोच दुवै सुधार्नुस् । जसले सम्बन्धमा अझ सम्मान पाइनेछ ।

breakup benefits

उपकार भुलेर पनि नजनाउनुस्
कतिपय मानिसहरु ब्रेकअपपछि सम्बन्धमा बसेर आफ्नो पार्टनरको उपकार नै वा उद्दार नै गरेको भन्ठान्छन् । यस्ता कुराले जोकोही पनि भड्किन सक्छ । जसले गर्दा तपाईप्रति उनको वा उसको मनमा सम्मान भन्दा बढी घृणा हुनसक्छ । त्यसको सट्टा पार्टनरसँग राम्रो समयको बिताएकोमा धन्यवाद दिनु उचित हुन्छ ।

शब्दहरुमा नियन्त्रण राख्नुस्ः
कपिपय मानिसहरु ब्रेकअपपछि आफूलाई कन्ट्रोल गर्न सक्दैनन् । दुईबीच हुने झगडामा मुखबाट अपशब्दहरु पनि निस्कन सक्छ । जसले गर्दा तपाईप्रति हेर्ने पार्टनरको दृष्टिकोण नै फरक पर्न जान्छ । त्यसैले ब्रेकअप पछि पनि आफ्नो पार्टनरसँग राम्रो शब्दहरु प्रयोग गरी असन्तुष्टिहरु पोख्नुपर्छ ।