१८ असोज, काठमाडौं । भक्तपुरमा एक पुरुषले आफ्नै भाइको हत्या गरेका छन् ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका–२ घर भएका खिला अछामीले आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीको हत्या गरेका हुन् । हत्या अभियोगमा प्रहरीले खिलालाई शुक्रबार राति पक्राउ गरेको छ ।

खिलाले भर्‍याङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको कारणबारे अहिलेसम्म खुलेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।