२४ भदौ, भक्तपुर । भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

सुर्यबिनायक नगरपालिका–९ भातेढिकुर स्थित सडकछेउमा हिडंदै गरेको अवस्थामा बारा फेटा गाउँपालिका ३ घर हुने बर्ष ३८ को शम्भु प्रसाद साह पेस्तोल सहित पक्राउ परेका छन् ।

प्रहरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ थान कटुवा पेस्तोल र ६ राउण्ड गोली सहित बरामद भएको जोशीले जानकारी दिए ।

साहलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।

गत शनिबार राजधानीको माछापोखरीमा ७ जनलााई पेस्तोलसहित प्रक्राउ गरिएको थियो ।