५ चैत, भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको थिए ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–४ घर भएका चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादी रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

किशोरीलाई स्वास्थ्य परीक्षण्को लागि अस्पताल पठाइएको छ भने प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।