७ भदौ, काठमाडौं । राजधानीको भद्रकालीस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे ढुङ्खर्क गाउँपालिका–२ घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने २३ वर्षीय जनक तिमिल्सिनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

फाइल तस्बिर

बा ८५ प ८७९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमिल्सिनाले मादक पदार्थ सेवन गरेकोले कारवाहीबाट बच्न एक सय रुपैयाँ दिन खोज्दा उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहरको छ ।