२५ भदौ, काठमाडौं । मिडिया हबसँग ‘भद्रगोल’ निरन्तरता दिन नसकिने देखेपछि छुट्टिएका ‘भद्रगोल’ पुराना कलाकारहरुले नयाँ टेलिसिरियलको नाम जुराएका छन् । टीम सबैको सल्लाहमा टेलिसिरियलको नाम ‘सक्किगोनि’ राखिएको छ । ‘सक्किगोनि’ सिरियलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’को थेगो पनि हो ।

नाम सार्वजनिक गर्दै भद्रगोलको पूरानो टीमले कलाकारितामा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । उनले मिडिया हबका सञ्चालक सोम धिताल, सुवास कार्की (वेलासे), शंकर आचार्य (बरिष्ठे) लगायतका कलाकारहरुलाई यो अवसरमा सम्झिएका छन् ।

‘सक्किगोनि’ असोज २ गते बिहीबारदेखि नेपाल टेलिभिजनमा राति ८ः५० मा हेर्न पाइनेछ । टेलिभिजनमा प्रसारण भएपछि सिरियललाई डिजिटल प्लेटफर्म आइफिल्क्स र सिनेमाघर एप्लिकेसनको साथमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट हेर्न सकिन्छ । सिरियललाई की एडभरडाइजिङले मार्केटिङ गर्ने भएकाे छ ।

नयाँ आउने सिरियलमा भद्रगोलको पूरानो टीमसँगै शंकर आचार्य र सिपी पुडासैनी (धतुरे) पनि जोडिने भएका छन् ।