२५ कात्तिक, काठमाडौं । झापाको भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले नियमित मर्मत–सम्भारका लागि मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्म विमानस्थल बन्द गर्ने जनाएको हो ।

धावनमार्ग मर्मतका कारण अब झापामा १० दिन उडान नहुने भद्रपुर विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए ।

यस विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । त्यहाँ साविक भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् ।