पर्सा, ३ जेठ । पर्सामा भाईले गोली हानेर दाइको हत्या गरेका छन् । पर्साको जिराभवानी गाउँपालिका १ का शेरामुद्दिनले दाई शेख फारुकको हत्या गरेका हुन् । गाली लागि गम्भीर घाइते फारुकको वीरगञ्जको नारायणी र नेशनल मेडिकल कलेजमा उपचार हुन नसकी काठमाडौंको शिक्षण अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

शेरामुद्दिनले आफ्नी श्रीमतीसँग दाइले अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि गोली हानेको बताएका प्रहरीले जनाएको छ । मृतकको शवलाई अहिले वीरगन्जको नारायणी अस्पतालमा लगि पोष्टमार्टमपछि प्रहरीको जिम्मा लगाइएको छ ।

शेरामुद्दीनलाई एक थान कटुवा पेस्तोल, ३ थान जंगी राउण्ड गोली, त्यसमा प्रयोग भएको १ थान खोका हित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पर्सा प्रहरीको भनाइ छ ।