२२ कात्तिक, एजेन्सी । एक डिभोर्सी २५ वर्षीया महिला आफ्नो ६ वर्षको छोराका साथ एक डाक्टरको घरमा भाडामा बस्न आइन् ।

premarital sex 1

केही समयमा घरबेटी डाक्टर र भाडामा बस्ने महिलाबीच हिमचिम बढ्यो । सम्बन्ध गहिरिँदै गएको थाहा पाएपछि डाक्टरकी श्रीमतीले महिला र छोरा भित्रै रहेको अवस्थामा कोठामा स्प्रिट हालेर आगो लगाइदिइन् र बाहिरबाट ढोका लगाइदिइन् । त्यसपपछि फायर ब्रिगेडको टिमले आएर उद्दार गर्ने क्रममा भित्रबाट दुईजनाको शव बाहिर निकाल्यो ।

यो सुन्दै चक्कर लाग्ने घटना हो भारत राजस्थान भरतपुरको हो । घर जलेर मृत्यु हुनेमा भरतपुरको सूर्या सिटीमा बस्ने २५ वर्षीया दीपा देवी र उसको ६ वर्षको छोरा सूर्य रहेको भारतीय सांरमाध्यामले जनाएका छन् । घटनालगत्तै प्रहरीले घरबेटी डाक्टर सुदीप गुप्ता, उसकी पत्नी सीमा र उनको आमालाई हिरासतमा लिएको छ ।

दीपा आफ्ना पति गजराज सिंहसँग सम्बन्ध बिच्छेद भएपछि डाक्टर गुप्तासँग रिलेशनमा थिइन् । दीपा र सुदीपको अवैध सम्बन्धबाट दिक्क भएकी सीमाले यस्तो घटना गराएको प्रहरीको भनाई छ ।