१८ पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय चीन विारोधी गतिविधिमा लागेको खुलासा भएको छ । भारत, सिलगढीका एक व्यक्तिले जारी गरेको विज्ञप्तिबाट सो खुलासा भएको हो ।china-birodhi-gatibidhi

सिलगुडीका कनकधारा स्वामी स्वदेशानन्दले २७ डिसेम्वर २०१६ मा निकालेको विज्ञप्तिबाट सो खुलासा भएको हो । विज्ञप्तिमा भारतको कोटा सहरमा भएको नेपाल संस्कृती परिषदको कार्यक्रममा राजदूत उपाध्यायसंगै कांग्रेस सांसद् मोहनबहादुर वस्नेतसमेतको सहभागिता रहेको थियो । यो संस्थाको जन्ममै ‘चीनियाँ साम्राज्यवाद’ विरुद्ध लडनका लागि भएको बताइएको छ ।

केही समयअघि भारतमै भएको एक कार्यक्रममा शेरबहादुर देउवाको सहभागितालाई लिएर विावद उत्पन्न भएको थियो । तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाका प्रतिनिधि अतिथि रहेकै सो कार्यक्रममा देउवाकोसमेत आथिथ्यता देखिएपछि चर्चा भएको थियो । जसलाई देउवाले अस्वीकार गरे पनि पछि सत्य ठहरिएको थियो ।

कूटनीति मर्यादा विपरित राजदूत उपाध्यायका यो गतिविधिमा अन्यत्रबाट विरोध नभए पनि कार्यक्रमका सहभागिहरू वाटै यसको चर्को आलोचना भएपछि विषय सार्वजनिक भएको हो । हेरौ कार्यक्रममा सहभागि नेपाली भाषी भारतीयको यो विज्ञप्ति जस्ताकोतस्तै –

स्वामी स्वदेशानन्दको प्रेस विज्ञप्तिः

चीनको विरोध गर्न नेपालीभाषी जाति समूहलाई मात्र किन प्रयोग गरिन्छ ?
के चीनको विरोध गर्ने ठेक्का नेपालीले मात्र लिएको छ ?
………………….
देशका सजग पत्रकार, कलमकार, कवि, साहित्यकार राजनैतिक व्यक्तित्व तथा विविध दल अनि सामाजिक संगठन तथा सरकारी पदमा रहेका प्रमुखहरू, सांसद तथा नेपालीभाषी विधायकहरूमा सादर अभिवादन गर्दछु।
भारतमा विविध जात जाति र विविध धर्म सम्प्रदायमा आस्था राख्ने मानिसहरू बसोबास गर्छन् भन्ने कुरा यहाँहरूलाई विदितै छ । भर्खरै २४ र २५ दिसम्बर २०१६मा राजस्थानको कोटा शहरमा अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद् नामक संस्थाद्वारा आयोजित दुई दिवसीय भेलामा चीनी साम्राज्यको खिलाफ अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद् नामक संस्था रहेको र भारत नेपालका दुवैले सो बैनरको तल चीनको खिलाफ आबाज बुलन्द गर्नुपर्ने विषयको उठान प्रति म समाजका प्रबुद्ध र सो संगठनका नायकेहरूप्रति नबुझिएका कुराहरूको समचार पत्रहरू मार्फत् निम्न प्रश्नहरू राख्तछु।

१) अन्तर्राष्ट्रिय नेपाली संस्कृति परिषद् नामक संस्थाको गठन गरिनु अनि संस्कृतिका नाउँमा हाम्रो जातिलाई भेला पारिनु र चीनको खिलाफ हाम्राहरूलाई बोल्न लगाउनुको उद्देश्य के हो ?

२) भारतमा थुप्रै जात जातिहरू छन् । बंगाली, बिहारी, मैथिली, मारबाड़ी आदि । उक्त तमाम जातिहरूको नामको बैनरमा चीनको विरोध नगरिएर मात्र नेपाली नाउँमा चीनको विरोध गरिनुको तात्पर्य के हो ?

३) भारतमा थुप्रै जातिहरूका संगठन छन् । ती संगठनहरूमा आ–आफ्नै जातिका मानिसहरू संगठनका प्रमुखहरू छन् । अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद नामक संगठनका प्रमुखहरू अनेपाली भाषीलाई बनाइनुको तात्पर्य के हो ?

४) नेपाली संस्कृति त छिमेकीहरूको दुःश्मन संस्कृति हैन । नेपालीहरू छर–छिमेकीसित कहिल्यै पनि लँडाइ गर्दैनन् । यहीं सिक्किम, दार्जिलिङ लगायत नेपालतिर पनि नेपालीहरूको शहर र गाउँभरि विविध अनेपाली जातिहरू व्यापार गर्छन्, नेपालीहरू तिनीहरूकोमा किनिखान्छन् । केही झगड़ा छैन । नेपालीहरूले उनीहरूको जन्मथलो, गाउँ–ठाउँ चिन्दै नचिनेको आफू भन्दा ईतर जाति र भाषीलाई छोरीसम्म दिएका छन् । छिमेकीको लागि मर्ने जातको संस्कृतिको नाउँमा यो चीनको विरोध गर्नुपर्ने के यस्तो आपत आइपर्यो ? चीनले नेपालीमाथि त्यस्तो के घोर अन्याय गर्यो ? के चीनले नेपालीका छोरीहरू लग्यो ? के चीनले नेपाललाई नाकाबन्दी गरेर नून तेल रोक्यो ? के चीनले गोर्खालैंड़को विरोध गर्यो ? के चीनले नेपालीको भूमि अतिक्रमण गर्यो ? के चीनका मान्छेहरू नेपाली बस्ने गाउँ घरभित्र पसेर नेपालीहरूलाई बस्नै असुविधा पारे ?

५) बैठकमा भनिएको रहेछ कि नेपालीहरूको संस्कृति र धर्म भारतीयसँग मिल्छ । समान संस्कृति र समान संस्कृति हो भने भारत सरकार र नेपालका मधेशीहरूले संयुक्त नाकाबन्दी गर्दा भारतका कुनै पनि समान संस्कृति भएकाहरूले नेपालीहरूले नून–तेल खान पाउनुपर्छ भनेर नाकाबन्दीको किन विरोध गरेनन् ?

६) संस्कृतिको एउटा अंग नेपालको शरणार्थी शिविरमा सडिरहेको छ । भूटानबाट खेदिएको वर्षौं भए । भारतकै ट्रकहरूमा लादेर तिनीहरूलाई रातारात नेपाल पुर्याइयो। कतिले घरबार र आफ्नो जन्म भूमि छोड़ेर नारकीय जीवन बिताइरहेका छन् । पटक–पटक भारतको बाटो भएर आफ्नो देश भुटान जान पाउँ भन्दा पनि भरतले बाटो दिएको छैन । बिचराहरू अहिले कुनै तेस्रो मुलुकमा बस्न बाध्य छन् । कति शिविरमैं सड़ेका छन् । तिनीहरूको विषयमा नबोलेर तिनैकै जाति समूहको नाउँमा अन्तराष्ट्रिय संस्कृति सुरक्षा परिषदको गठन गर्न र संचालन गर्न अनेपालीहरूलाई किन बित्यो ? समान संस्कृति र समान धर्म हो भने ती भोटाङे नेपालीहरूले पनि भोटाङ जान पाउनुपर्छ भन्ने विषयमा अहिलेसम्म भारतको कुनै पनि हिन्दू संगठन वा सोको भातृसंगठनहरूले किन बोलेका छैनन् ?

७) कुनै मारबाड़ी, बिहारी, असमिया, बंगाली र भारतको वा विश्वको अन्य कुनै पनि जातिको नाउँमा त्यो जातिदेखि भिन्नले उस जातको संस्कृति परिषद् चलाउँछ भने शायद मन नपर्ला व सोझै आपत्ति गर्ला । यो अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद् नामक संगठनका केन्द्रीय अनुहारहरू अनेपाली भएकोमा म आफैंलाई र विश्वकै नेपालीहरूको अपमान भएको महशूस गर्दछु ।

८) हाम्रो समाजमा विभिन्न जाति र धर्मको वीच परस्पर प्रेम व आपसी सहानुभूति एवं समझौता प्रशस्त छन् तर हाम्रो जातिको संस्कृतिको नाउँमा यसरी छिमेकीविरुद्ध वक्तव्य दिनाले नेपाल र विश्वकै नेपालीहरूप्रति चीनको आक्रोश बढ़ोस् र नेपालीहरू चीन विरोधी बनिउन् अथवा चीनले नेपालीहरूसँग वैमनस्यको भाव राखोस् भन्ने आशय यसमा लुकेको निहित भएको हुँदा यस प्रकारका क्रिया–कलापहरूको प्रबुद्ध समाजले विरोध गर्नुपर्ने हुन्छ कि हुँदैन ? भारतीय नेपाली र नेपालका नेपाली बुद्धिजीवीहरू सँग सोधनी पनि गर्दछु ।

९) चीनका क्रिया–कलाप भारत विरोधी छन् भने तिनीहरूलाई हामी भारतीय नागरिक भएको हैसियतले समवेतः स्वरमा कुनै राजनैतिक संगठनको बैनर तल विरोध गर्दछौं र गरिआएका छौं तर यसरी नेपाली जाति नाम द्वारा चीनको विरोध गर्नु सरासर सोझो जातिलाई अन्यहरूको हितमा होम्नु सिवाय केही छैन । अधिकार दिने विषयमा मौन रहनु अनि अर्का जाति समूहको निम्ति सूझो न बुझो चीनको विरोध गर्ने क्रिया–कलापमा हाम्रो नामको दुरुपयोग गरिने यस्ता कृत्यको म कड़ा भर्त्सना गर्दछु ।

१०) अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषद् एक गैर राजनैतिक संगठन हो पनि भनिनु अनि चीनको विरोध गरिनु र नेपाली संस्कृति सुरक्षा परिषद्को बैनर तल चीनको झण्ड़ा पनि जलाइनु जस्ता क्रिया–कलापले संगठन नेपालीहरूको हित चिन्तक नभएर कुनै ठूलो षड्यन्त्र द्वारा विश्वकै नेपालीहरूको छवि धुमिल पार्ने प्रवल राजनैतिक–कूटनीतिक संस्था भएको ठहर्दछ ।

११) यहाँ भारतमैं १०० वर्षभन्दा पनि पुरानो गोर्खाहरूको माग अझ सम्म पुरा भएको छैन । गत वर्ष समाचार पत्रहरूले यस अन्तर्राष्ट्रिय नेपाली सुरक्षा परिषद् नामक संस्थालाई भारतीय नेपालीहरूको प्रतिनिधि संस्था हो भनेर छापे । प्रतिनिधि भनेर यो गैर नेपालीसमूहको नेपाली नाम भएको संस्थालाई कसरी समाचारमा उद्धृत गरियो के समचार संवाहकहरूको कुनै सामाजिक उत्तरदायित्व छैन ? यो संस्था भारतीय नेपालीहरूको प्रतिनिधि संस्था हो भने भारतभरिका नेपालीहरूको चासो र अधिकारको विषयमा यो संगठनले अहिलेसम्म कहाँ कहाँ के के गर्यो त ?

१२) हाम्रो भोटले विजयी हुने सांसदहरूको कुनै हामीप्रति जबाफदेही छैन ? यसै अन्तर्राष्ट्रिय नेपाली संस्कृति सुरक्षा परिषदका अनेपाली नाइकेहरू आएर दार्जिलिङमा भाषण छाँट्दै (गोर्खाओं की मांग को गम्भीरता से लिया जाएगा) भनेको पनि साल बित्यो अनि त्यसकै भ्रातृ संगठनको दलद्वारा हाम्रो भोटले जितेर सांसद र मन्त्री भएकाले हम सदन में गोर्खालैंड़ बील नहीं ला सकते भन्नु । यी सब कुरा भारतीय गोर्खाहरूलाई उल्लू पार्ने मात्र हुन् भन्ने साबित भएको छ ।

१३) काश्मीरीहरू पाकिस्तानी पहिचानको निम्ति गोली खाइरहेका छन् । यता हामीहरू भारतीय पहिचान पाउनको लागि गोली खाइरहेका छौं । काश्मीरी र नागाहरूलाई हेर्ने नजरभन्दा भिन्न नजर छ हामीमाथि भारतीय सरकारको । अलग देश माग्ने नागाहरूँंग युद्ध विराम र शान्ति वार्ता गर्ने सरकार र त्यसका तानाबानाहरू हामीलाई अहिलेसम्म पनि उल्लु बनाएउने काममा लागिपरेका छन् भने नेपाली समाजका प्रबुद्धहरू पनि तिनीहरूलाई नै साथ दिइरहेका छन् ।

१४) यसरी चीनको विरोध गर्ने कार्यमा नेपाली नामको प्रयोग नगरियोस् । नेपालीहरू सँग चीनको विरोध गर्ने हुति छैन । नेपालीहरू आर्थिक रूपले अक्षम छन । भारतमा सर्वाधिक सम्पन्न जाति मारबाड़ी, बिहारी, बंगाली, तमिल र गुजरातीहरू हुन् । उनीहरूसँग राजनैतिक र आर्थिक क्षमता छ । नेपालीहरू कुनै देशमा श्रम गर्न गएका छन् भने मारबाड़ी, बिहारी, बंगाली,तमिल र गुजरातीहरू ती देशहरूमा व्यापार व नौकरीको ठूलो पदमा आसीन हुनपुगेका छन् । अतः नेपाली नामद्वारा चीनको विरोध गर्नुभन्दा मारबाड़ी, बिहारी, बंगाली, तमिल र गुजरातीहरूको नामद्वारा नै चीनको विरोध गरियोस् । बढ़ी प्रभावकारी हुनेछ । बन्दे मातरम । भारत माता की जय ।

विनीत
कनकधारा स्वामी स्वदेशानन्द
मितिः २७ दिसेम्बर २०१६
सिलगढ़ी