७ मंसिर, एजेन्सी। भारतको महाराष्ट्र राज्यमा सत्ता राजनीतिले ठुलो उलटफेर लिएको छ। सरकार बनाउने संभवनाबाट करिब बाहिरएको मानिएको भारतीय जनता पार्टीले नाटिकय रुपमा सरकार बनाएको छ। 

भारतीय जनता पार्टीका देबेन्द्र फडनविसले दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका छन्।उनले एनसिपीको समर्थनमा सरकार बनाएका हुन्। यसै गरि एनसिपीका अजित पवार राज्यका उपमुख्य मन्त्री बनेका छन्। 

यसलाई महाराष्ट्रको राजनीतिको सबै भन्दा ठुलो उलटफेर मानिएको छ।  शुक्रवार सम्म शरद पवारले नेतृत्व गरेको एनसिपी, शिव सेना र कांग्रेस पार्टी बीच सरकारका लागि सहमति भएको थियो। यस कुराको स्वयम एनसिपी अध्यक्ष शरद पवारले समेत पुष्टी गरेका थिए। 

रातारात बनेको समिकरणले मुख्यमन्त्रीको लागि खुट्टा उचालेको शिव सेना नराम्रोसंग जिल्लिएको छ। 

महाराष्ट्रको विधानसभामा यस्तो छ दलहरुको उपस्थिती

शिवसेना५६
एनसीपी५४
कांग्रेस४४
भाजपा१०५