काठमाडौं ।

नेपालमा नाकाबन्दी लगाइरहेको भारतमा नेपालविरुद्ध मिडियाबाजी पनि चलिरहेको छ । मधेशमाथि संविधानले ठूलो अन्याय गरेको भन्दै चलिरहेको भारतीय मिडियाबाजीकाबीच मोदी सरकारको कठोर आलोचना गर्दै आलेख प्रकाशित हुने क्रम पनि बढिरहेको छ ।

मधेशको मुद्धामा विशेष भावसहित अनेक प्रोपोगाण्डा प्रकाशित गर्दै आएको द हिन्दुले पछिल्लो पटक नेपालका पत्रकार, विश्लेषक तथा अभियान्ता कनकमणि दीक्षितको एक ससक्त लेख प्रकाशित गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको खुलेर आलोचना गरिएको लेख संभवत भारतीय मिडियामा प्रकाशित आलेख हो ।


Kanakmani vs Modi

कनकमणिले नरेन्द्र मोदीको नेपाल नीति इन्दरकुमार गुजरालको विदेशनीतिको डर्रामा चलेको देखाउने तर भद्धा नीतिको सज्ञा दिँदै भारतीय ब्यवहारको कडा आलोचना गरेका छन् ।

छिमेकी साना देश भन्दा पनि गरिवी देखि मानवीय विकाशको सूचाङ्कमा पछाडी रहेको भारतका प्रधानमन्त्री मोदीले देखाएको ब्यवहारले उनले आफ्नो सपथग्रहण समारोहमा सार्क क्षेत्रका नेताहरुलाई बोलाएको कुरा केवल राजा जर्ज पाँचौले आफ्ना कुराको मसर्थन गर्न बोलाएको भारदारी भेला जस्तो भावमा रहेको पुष्टी भएको भनेका छन् ।

Kanakmani article on the Hindu

छिमेकी देशहरुले आफ्नो सार्वभौमिकतामा सम्झौता गर्दैनन् भन्ने कुरा भुलेर उनीहरुसँग आमने सामने हुने गरेको भारतले सँधै अतिराष्ट्रबादबाट भारतविरुद्धवादमा पुर्‍याउने गरेको दृष्टान्त समेत पत्रकार दीक्षितले आफ्नो आलेखमा प्रस्तुत गरेका छन् ।

भारत नरम राष्ट्रवाद हुँदै खुला सीमानाको मार्ग हुँदै आर्थिक समृद्धीको बाटोमा लाग्नुको साटो द्वीपक्षीय सम्बन्ध समेत तोडेर एकलकाटे बाटो तर्फ लाग्न खोजेकोप्रति पत्रकार दीक्षितले आश्चर्य ब्यक्त गरेका छन् ।

नेपालमा मोदीलाई पश्चाताप मात्र हात लाग्नेछ – भारतीय सम्पादक

भारतको विदेश नीति नरेन्द्र मोदीको ‘सार्वजनिक सम्बन्धको जिहाद’ शैलीमा अघि बढाउन खोजिएको जस्तो देखिएको भन्दै उनले गैरआवासीय भारती समुदायको तालि पाउँदै हिँडेका मोदीले छिमेकीसँगको सम्बन्ध खतरनाक मोडमा पुगेको कुरा मनन गर्न नसकेको उनको भनाइ छ ।

गुजराल डक्ट्रिनले कल्पना गरेको मित्रवत दक्षिण एसियाको भावना विपरित मोदीले आफ्नो विदेश नीति भने प्रधानमन्त्रीको नियन्त्रणमा आधारित राजनीतिक गणित मिसिएको र पश्चिमा देशहरुसँग बढी लगावमा आधारित देखिएको निष्कर्ष समेत दीक्षितले निकालेका छन् । चीनलाई भारतबाट काउन्टर दिन चाहेका पश्चिमा राष्ट्रहरुले समेत मोदीको ब्यापारिक नीतिलाई प्रवर्द्धन गरिरेको भन्दै उनले सार्क स्याटेलाइटका गफ दिने मोदीले भूपरिबेष्ठित देशको सीमानाकामा पारवहन सुविधा भने रोकिरहेकोमा ब्यङ्ग्य समेत कसेका छन् ।

शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)

साना देशलाई केवल ब्यापारिक ग्राहकको दर्जामा ब्यवहार गर्न खोजेका मोदीले अन्तराष्ट्रिय समुदायसँग झुट बोलेर भएपनि आफ्नो कुरा स्थापित गर्न खोजेको दीक्षितको भनाइ छ ।

कमल थापाको बोलिले भारत तरंगित, राष्ट्रसंघमै बदला लिन खोज्यो (भिडियो सहित)