यो शुक्रबार बलिउडको फिल्म बाहुबली – द बिगिनिंग रिलिज भयो। करिब २५० करोड भारतीय रुपैयाँमा बनेको भनिएको यो भारतको फिल्म इतिहासको सबैभन्दा महंगो फिल्म हो। तामिल र तेलेगुमा भाषामा यो फिल्म रिलिज भएको छ।

बलिउडका फिल्मको अधिंकास बजेट, करिब ७० प्रतिशत त कलाकारलाई नै तिर्दैमा ठिक्क हुन्छ। अझ चलेका नायक नायिकको हकमा त आधा जस्तो बजेट त नायक नायिकाको खल्तीमै जाने हो। तर यो फिल्ममा भने कुरा फरक छ। यसमा अधिकांस पैसा फिल्ममै खर्च भएको छ, कम्प्युटरको जोडदार भिजुअल इफेक्टले सबै खर्च कुम्ल्याए पनि फिल्म भने निकै धमाकेदार बनेको छ। बलिउडकै इतिहासको सबैभन्दा उत्कृष्ट भिजुअल इफेक्टले यो फिल्म हेर्नेको आँखा फिल्मको पर्दाबाट हट्न दिँदैन।

prabhas-baahubali-video-a-rage-online

बाहुबली फिल्मको मुख्य पात्रको नाम हो। ज्याक सिन्डरको फिल्म 300 संग तुलना गरिएको यो फिल्मले धेरैको मन चोरेको छ। विशेष गरि अधिक बजेटमा तयार पारिएको र स्पेशल इफेक्टकै कारण यसले यस्तो चर्चा बटुलेको हो।

हेर्नुहोस् यो फिल्मको ट्रेलर,

फिल्मको कथावस्तु एक राजकुमारमा केन्द्रित छ जसलाई देश निकाला गरिन्छ अनि अन्ततः आफ्नो हक दाबी गर्न पुनः देश फर्किन्छन्। स्पेसल इफेक्टले फिल्ममा भएका युद्धलाई निकै रोचक बनाइदिएको छ। यसको कथा भने फिल्मको अर्को सिक्वेल आउने ठाँउ राखि सकिएको छ। सम्भवतः सन् २०१६ अगाडी फिल्मको अर्को भाग रिलिज हुनेछ।

बजेटकै कारण चर्चामा यो फिल्ममात्र आएको हैन। यो भन्दा पहिले पनि धेरै फिल्महरु अत्याधिक बजेटकै कारण चर्चामा थिए। रोबोट (२०१०) – ३५ करोड भारु, रावन (२०११)- २४ करोड भारु, धुम -३ (२०१३) ‍- १५ करोड भारु आदी फिल्महरु पनि बजेटकै कारण चर्चामा थिए।