१२ चैत, काठमाडौं । भारतको हैदरावादबाट आएर पोखराको क्वारेन्टाइमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ ।

हैदरबादबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएका ५० वर्षीय पुरुषको मृत्यु भएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दिए । भारतबाट आएपछि उनमा कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा उनको बाटैममा मृत्यु भएको हो ।

ती व्यक्ति १२ दिनअघि भारतबाट रुपा गाउँपालिकास्थित घर फर्किएका थिए । तर उनलाई कोरोना आशंकमा मंगलबारदेखि गाउँकै क्वारेन्टाइनमा राखिएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट आइनसकेकाले मृत्युको कारण खुलेको छैन । तर चिकित्सकहरुका अनुसार भने उनी मुटु रोगी थिए र उनको कलेजोमा पनि पानी जमेको थियो । यहि कारणले उनको मृत्यु भएको चिकित्सकको अनुमान छ ।