१८ मंसिर, एजेन्सी । दुर्व्यवहारको आरोप लागेपछि भारत छोडेर भागेका ‘स्वयम्भू बाबा’ नित्यानन्दले अब आफ्नै देश बनाएका छन् । भारत छोडेर भागेका उनी लामो समयसम्म भूमिगत भएका थिए । ‘कैलासा’ नाम राखिएको देश संसारको कुन स्थानमा छ भन्नेबारे भने अहिलेसम्म भनिएको छैन ।

गुजरात प्रहरीले २२ नोभेम्बरमा नित्यानन्दको अहमदाबादस्थित आश्रममा छापा मारेको थियो । तर, त्यहाँ उनको केही सामानहरु भेटिएको छ । नित्यानन्दले बनाएको कैलासा नामक देशको नाममा एक वेबसाइट समेत बनाएका छन । वेबसाइटमा कैलासा एक देश भएको बताउँदै यो देश हिन्दुहरुको लागि भएको बताइएको छ । जसमा जुन देशका हिन्दुहरु पनि सामेल हुनसक्ने बताइएको छ ।

आफ्नो देशमा हिन्दु हुनुको अधिकार खोसिएकाहरुको लागि कैलासा नामक देश बनाइएको वेससाइटमा लेखिएको छ । यसको परिकल्पना हिन्दु धर्मको रक्षाको लागि अमेरिका गरिएको वेबसाइटमा उल्लेख गरिएको छ ।

स्वयम्भू बाबा नित्यानन्दको प्रशंसा गर्दै वेबसाइटमा उनलाई नित्यान्द कैलासालाई फेरि जीवित गर्ने साधु भनिएको छ । नित्यानन्द बाबामाथि कर्नाटकमा बलात्कार र अपरहरण गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । त्यसैगरी गुजरातमा पनि उनीमाथि उत्पीडनको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको छ ।